• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ । बुधबार प्रतितोला ९०० ले ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो ।

    यस्तै चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारको तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ ।