

-
काठमाडौं । कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि उल्लेख्य असर परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको सङ्क्रमण जोखिमका कारण विदेशी नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि स्थगन भयो ।
भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा सन् २०२० को नौ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको छ । सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढि थियो ।
सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कूल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानतर्फ कूल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानले जनाएको छ । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत हो । सन् २०१८ मा १.१६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको गरेको थियो । यस वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएकोमा कोभिडको महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर परेको क्यानले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । रासस
News Desk 0 response शनिबार, पुस ४, २०७७

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



