• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।