• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला १ हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला १ हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला १ हजार २०५ मा खरीदबिक्री भएको छ ।