• काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको सुन आज एक हजार ८०० ले ओरालो लागेको हो ।

    यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ ।