

-
काठमाडौं । चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।
काठमाडौँ उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पोरेशनले दिएको चिनी बिक्री हुँदै आएको छ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ ।
खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट कर्पोरेशन र दुग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् । कर्पोरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएकोे बताए । “चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको हो, सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन हुँदैन”’, उनले भने, “सरकारले दिएको छुटबाहेक कर्पोरेशनले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा बाह्ै महिना पसल सञ्चालन गर्दै आएको छ ।” सरकारले तोके अनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म रु १८ मा नून, रु ७० मा चिनी, रु ८७० मा घ्यू तथा प्रतिकिलो रु पाँच छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्रीवितरण गर्नेछ ।
News Desk 0 response सोमवार, मंसिर ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



