• काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तर्राष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत सुनको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार एक सयमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज सुन प्रतितोला ७ सयले घटेको हो ।

    त्यसैगरी चाँदी भने प्रतितोला एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ ले घटेको हो ।