

-
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो ।
विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनीयरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनमा ३५० व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ ।
News Desk 0 response मङ्लबार, मंसिर २, २०७७

सम्बन्धित शीर्षकहरु
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



