• काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० र आज प्रतितोला एक हजार २०० ले घटेको छ ।

    महासङ्घले आजका लागि सुनको मूल्य प्रतितोला ९३ हजार १०० तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ३०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० रुपैयाँले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ ।