• काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला ४ सयले घटेको हो ।

    महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ । शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय कायम थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार ३ सय ४५ पुगेको महासङ्घले जनाएको छ ।