-
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । प्रधानमन्त्री ओलीले भने ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’ प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार कामगर्न आग्रह गरे ।
कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताए । जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवागर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
‘खटाएको ठाउँमा जान्नभन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भने ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ ।’
कर्मचारीको वृतिविकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नगरपालिकामा सरुवाहुँदा बढुवा नहुने,प्रदेशमा सरुवाहुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन’प्रधानमन्त्री ओलीले भने ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँगयो त्यहीं सिमित भएर बस्नु पर्दैन । ’
कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विनाकुनै पनि सरकारले छिटो छरितो ढंगले कामगर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
News Desk 0 response आइतवार, चैत्र ४, २०७४

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३