• काठमाडौं । नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा पुगेर राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    राष्ट्रकवि घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई अहिले केहीबेरपछि राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।