

-
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
क्रमित मध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ । ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ । एएफपी
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



