

-
काठमाडौं : हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायुसम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ गरिएको हो । सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन् ।
सम्मेलनमा भाग लिन ४२० भन्दा धेरै पालिका र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजार भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ । गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ ।
सम्मेलनस्थलमा २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ ५० भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गरिएको बताए ।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन् । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन ‘साझा पृथ्वी, साझा दायित्व स् जलवायु न्यायमा सामुहिक ऐक्यवद्धता’ साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
भोलिसम्म चल्ने सम्मेलनले घरपझोङ घोषणापत्र जारी गर्नेछ । गएको भदौ १० गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायुसम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन् बढेको अध्यक्ष लालचनले बताए । उनकाअनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ३०, २०८३

सम्बन्धित शीर्षकहरु
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने
मङ्लबार, भदौ ३०, २०८३
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न, असोज १ बाट दुईतर्फी गाडी चल्ने
मङ्लबार, भदौ ३०, २०८३-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३



