

-
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूलीमाथिका विभिन्न पुलमा क्षति पुगेको थियो । पुलसँगै सडक पनि अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न चारवटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पृथ्वी राजमार्गबाट धादिङबेसी जोड्ने १५ किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । मास्टारबाट त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसी पुग्ने यो मार्गले धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई सेवा दिनेछ ।
त्यस्तै, त्रिशूली नदीपारिको भूभागलाई यातायात सञ्जालसँग जोड्न ४० किलोमिटरको वैकल्पिक मार्ग सञ्चालन गरिएको छ ।
त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोसीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र जोडिएका छन् ।
नुवाकोटको देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा ३५ किलोमिटरको वैकल्पिक सडक समेत सञ्चालनमा ल्याइएको छ । पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपांग्रे सवारी सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । यसले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोड्नेछ ।
यसैगरी, त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा आवतजावतका लागि १२ किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनयोग्य बनाइएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेबाट फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे हुँदै बोगटीटारसम्म नुवाकोट खण्डको सडक सञ्चालनयोग्य बनाइएको हो । रसुवा खण्डमा भने मर्मत कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कामलाई निरन्तरता दिएको छ ।
News Desk 0 response बिहिबार, भदौ १८, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



