

-
काठमाडौं : चीन सरकारले बाढीबाट विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा सेवा सुचारु गर्न चिनियाँ लगानीको सान्जेन जलविद्युत आयोजना ‘आइसोलेटेड मोड’ मा सञ्चालन गरी आपूर्ति सुचारु गर्न सहजीकरण गरेको छ ।
सरकारले सोमबार (भदौ १५) कूटनीतिक नोटमार्फत साञ्जेन जलविद्युत आयोजनामार्फत सहयोग गर्न चीन सरकारलाई अनुरोध गरेको थियो । परराष्ट्र मन्त्रालयले ‘कूटनीतिक नोट’ मार्फत साञ्जेन जलविद्युत आयोजना सञ्चालनमार्फत सहयोगका लागि पत्राचार गरेको थियो।
‘‘आज चीन सरकारबाट त्यो लाइन (साञ्जेन) सञ्चालन भयो भनेर सूचना आएको छ,’’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता शालिकराम भण्डारीले बताए । भण्डारीका अनुसार आवश्यक प्राविधिक समन्वय तथा उपकरण व्यवस्थापनका लागि चीन सरकारसँग समन्वय गर्न ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको ।
‘‘आज आइसोलेटेड मोडमा सञ्चालन भयो । यसले गर्दा रसुवा आपूर्ति सहज हुन्छ भन्ने विश्वास छ,’’ सहप्रवक्ता भण्डारीले भने । अब चिनियाँ लगानी भएको साञ्जेन जलविद्युत आयोजना (७८ मे.वा.) आइसोलेटेड मोडमा सञ्चालन भई आपूर्ति सुचारु हुने भएको छ ।
चीन सरकारले आवश्यक प्राविधिक समन्वय तथा उपकरण व्यवस्थापनका लागि सहजीकरण गरिदिएको छ । जसका कारण अन्धकारमा रहेका रसुवाका आमाछोदिङ गाउँपालिकासहितका स्थानमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालन हुने छ ।
ऊर्जा मन्त्रालयका अनुसार तत्काल विद्युत् सेवा सुचारु गर्न नसकिने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक ऊर्जा प्रणाली परिचालन गर्ने तयारी समेत गरिएको छ ।
‘‘प्रभावित ठाउँमा जुन ठाउँमा सुचारु छ, ती ठाउँमा तत्काल पुर्याउने भन्ने छ,’’ सहप्रवक्ता भण्डारीले भने, ‘‘जुन क्यापसिटीमा सञ्चालन गर्नुपर्ने हो त्यसमा समय लाग्ला । ढिलोमा पनि पाँच छ दिनमा आपूर्ति सहज गर्ने ढंगले काम भइरहेको छ ।’’
यता, नेपाल विद्युत प्राधिकरणका अनुसार गोसाईंकुण्ड गाउँपालिकाका भार्खु, धुन्चे, गोसाईंकुण्ड क्षेत्र र कालिकास्थान तथा नौकुण्ड गाउँपालिकाका केही स्थानमा विद्युत् सेवा सुचारु भइसकेको छ । बाढीबाट क्षति पुगेकामध्ये कम्तिमा ३० प्रतिशत घरधुरीमा विद्युत् पुर्याएको छ।
प्रधानमन्त्री बालेन शाहले सोमबार (भदौ १५) एक फेसबुक पोस्ट् गर्दै रसुवाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको जानकारी दिएका थिए । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा जनाएअनुसार, सोमबारसम्म नुवाकोटका ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ ।
News Desk 0 response मङ्लबार, भदौ १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



