

-
काठमाडौं : सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गनेणकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यही साउन १० गते बेलुका सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्रकुमारको उपचारका क्रममा ज्यान गएको थियो । यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन ११ गते सिरहाको गोलबजारमा भएको झडपमा गणेशकुमार यादवको ज्यान गएको थियो ।
यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने करमा छुट दिने भएको छ । बैठकले एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर ९भ्याट० पूर्णरूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
सरकारले पोर्चुगल सरकारलाई काठमाण्डौमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ ।
News Desk 0 response मङ्लबार, साउन २६, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


