

-
तनहुँ : तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३स्१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा प्रहरी प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि रत्नहरि अस्पताल पठाइएको छ । चालकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए ।
घाइते हुनेमा व्यास–४ निवासी ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ निवासी ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ निवासी ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्की निवासी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ निवासी ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्की रुपा गाउँपालिका–१ निवासी ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ निवासी २७ वर्षीया सुजिता पौडेल, व्यास–१ निवासी ८ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


