

-
काठमाडौं : यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा सार्वजनिक भएको ट्राफिक जरिबानासम्बन्धी नयाँ दर उल्लेख गरिएको सामग्री आधिकारिक नभएको जनाएको छ ।
विभागले सूचना जारी गर्दै मोटर यातायात तथा ट्राफिक नियमावलीको नाम उल्लेख गरी विभागबाट जारी भएको भनिएको जरिबाना सम्बन्धी विवरण भ्रामक र झुटो रहेको स्पष्ट पारेको हो ।
विभागका अनुसार हाल प्रचलित कानुनले तोके अनुसारकै ट्राफिक जरिबाना रकम कार्यान्वयनमा रहेको छ। सामाजिक सञ्जालमा प्रसारित सामग्रीमा उल्लेख भएजस्तो नयाँ कानुनी व्यवस्था हाल अस्तित्वमा नरहेको विभागले जनाएको छ ।
विभागले यस्ता अप्रमाणित सामग्रीको सत्यता पुष्टि नगरी सामाजिक सञ्जालमा लाइक, सेयर वा प्रचार नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ। गलत सूचना प्रसारण वा वितरण गर्दा विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ ।
यातायात व्यवस्था विभागले नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुन जारी नभएसम्म ट्राफिक जरिबाना तथा सम्बन्धित व्यवस्था हाल कायम रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सोअन्तर्गतको नियमावलीअनुसार नै सञ्चालन हुने जानकारी दिएको छ ।
News Desk 0 response सोमवार, असार २९, २०८३

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



