

-
काठमाडौं : काभ्रेको रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन बन्द भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सडक खण्डमा तत्कालका लागि सबै प्रकारका गाडी आवागमन रोकेको जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो ३ बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढेको छ । प्रहरीले काठमाडौंतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाडीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको छ ।
आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो ३ घण्टामा कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ ।
यसैबीच देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका १-२ ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।
यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १-२ ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
News Desk 0 response आइतवार, असार २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



