

-
काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।
समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ ।
समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार अहिले वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत ४ वर्षदेखि सुरुङको सफाइ, मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नुपरेको छ ।
‘मनसुन सकिएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाण्डौ उपत्यकामा पथान्तरण गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी काठमाण्डौ उपत्यकाका उपभोक्तालाई वितरण गर्ने सम्बन्धमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने छ ।’
विसं २०७८ असार १ गते र त्यही वर्षको साउन १६ र १७ गते मेलम्ची नदीमा आएको आकस्मिक बाढीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स, सडक पहुँचलगायतका संरचना पूर्णरूपमा क्षति भई मुख्य प्रणाली बन्द भएको छ । समितिले त्यसपछि हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक प्रणालीका अवयवहरूमा सफाइ तथा मर्मत गरी अस्थायी रूपमा काठमाण्डौ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ ।
News Desk 0 response शुक्रबार, असार १९, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



