

-
भेनेजुएलामा विनाशकारी भूकम्प गएको ३२ घण्टापछि भग्नावशेषबाट १८ दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ ।
भूकम्पका बेला अपार्टमेन्टको आठौँ तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धारकर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ । बीबीसीसँग कुरा गर्दै पातिनोले जमिनमुनि पुरिँदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धारकर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताइन् ।
उनका अनुसार भूकम्प आउँदा भाँडा माझ्दै गरेकोमा तत्कालै बच्चालाई काखमा लिइन्, शुरूमा हावामा उडिरहेकोजस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिइन् ।
फर्निचरको आड पाएपछि ३२ घण्टासम्म १ मिनेट पनि ननिदाई शिशुलाई छातीमा टाँसेर स्वास फेरेरनफेरेको थाहा पाउन उसको नाक जाँच गरिरहेको उनको भनाइ छ ।
भेनेजुएलामा गएको बुधवार बिहान गएका ७.२ र ७.५ म्याग्निच्युडका २ वटा शक्तिशाली भूकम्पले कम्तीमा १ हजार ४५० जनाको ज्यान गएको पुष्टि भइसकेको छ । झन्डै ५० हजार जना मानिस हराइरहेका अनुमान छ ।
भेनेजुएलाको यो विपद्मा एउटा नवजात शिशु अहिले सिङ्गो देशको आशाको किरण बनेको छ ।
News Desk 0 response सोमवार, असार १५, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



