

-
काठमाडौं : यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइनसकेको विभागको भनाइ छ ।
भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने गर्छ । आज जुन ११ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविद्को अनुमान छ ।
गएको वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो । तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो ।
यसैबीच आज देशभरको गर्मी निकै घटेको छ । पछिल्लो २४ घण्टामा सबैजसो तराई र मध्यपहाड क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो । आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम ३१–३२ डिग्री सेल्सियस आसपास रहेको छ ।
लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन् । आज रातिसहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ ।
अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका १-२ ठाउँमा पानी परिरहेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २८, २०८३

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



