

-
काठमाडौं : आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ । केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा ३५ डिग्री सेल्सियसभन्दा माथि रह्यो ।
मधेश प्रदेशसहित पूर्व तराईमा पनि गर्मी बढेको छ । अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा आज घाम लागेसँगै गर्मी बढेको हो । दिउँसोपछि गण्डकी, बागमती र कर्णालीका एकाध ठाउँबाहेक देशका धेरैजसो ठाउँमा घाम लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदा ३ दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर चल्ने र कोशी, बागमती र गण्डकी प्रदेशका १र२ ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ ।
यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिकजसो पानी परिरहेको छ । सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा भइरहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ ।
यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित ’सुपर एल निनो’ का कारण दक्षिण एशियाली मनसुन कमजोर हुने अनुमान छ जसले धान रोपाइँ, कृषि उत्पादन र खाद्य सुरक्षामा चुनौती थप्न सक्छ । जलविद्युत् र पर्यटन क्षेत्रमा पनि यसको असर पर्न सक्छ ।
विज्ञहरूले सिँचाइ विस्तार, मौसम अनुकूल खेती र किसानलाई समयमै मौसम सूचना उपलब्ध गराउन आग्रह गरेका छन् । तर नेपालमा ’एल निनो’ को समयमा पनि राम्रो मनसुन हुने सम्भावनालाई भने नकार्न सकिँदैन ।
News Desk 0 response शुक्रबार, जेष्ठ ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



