

-
काठमाडौं : नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ । आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरुङले दिएका १० रोपनी १४ आना जग्गा र शिलान्याससमेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गरेका हुन् ।
२०८१ सालको असोजमा गुरुङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए जसले पार्टीमा ठूलो विवाद सिर्जना गरेको थियो ।
अब एमालेले बल्खुमा रहेको आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुञ्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ । २०७२ साल वैशाखको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ ।
यसैबीच एमालेले केन्द्रीय सदस्यहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ । भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्तावअनुसार प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग, भानुभक्त ढकाललाई सङ्गठन विभाग, विशाल भट्टराईलाई जनसङ्गठन समन्वय संयन्त्र र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ ।
यस्तै क्षितिज थेबेलाई राष्ट्रिय युवा सङ्घको इन्चार्ज, रश्मी आचार्यलाई अनेरास्ववियुको इन्चार्ज, निरज आचार्यलाई निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



