

-
काठमाडौं : काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीको घार राखेको छ । महानगरले झन्डै ९ लाख रुपैयाँको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरूमा राखेको हो । यो जातका मौरीहरू उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरूले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् ।
यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको हो । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् ।
कार्यक्रमको पहिलो चरणमा शङ्खधर उद्यान (रत्नपार्क) मा २, वडा नम्बर ३ को रानीबारी सामुदायिक वनभित्र ४, वडा नम्बर १६ को बालाजु बाइसधारा उद्यानभित्र ५ र गुरु नानक पार्कमा २, वडा नम्बर ४ को शङ्खपार्कमा २, वडा नम्बर ६ को लाखे पोखरी पार्कमा २ वटा घार राखिएका छन् । यस्तै वडा नम्बर १४ को भुवनेश्वरी पार्कमा ४ र वडा नम्बर ३२ को मदन भण्डारी पार्कमा २ वटा घार राखिएको आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।
उनले घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने बिरुवा र फूल रोप्ने कामलाई बढाउने, बिरुवामा प्राकृतिक मल राख्ने, बिरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादिको प्रयोग रोक्ने योजना सुनाए ।
वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इन्जिनियरका रूपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै सङ्कटमा पर्न सक्छन् । फूलहरूको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ ।
विश्वका झन्डै ८०५ भन्दा धेरै फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा धेरै खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् । मौरीको यही भूमिकाले फलफूल, बालीनाली र वनजङ्गलको विकास तथा विस्तार स्वाभाविक र स्वचालित रूपमा भइरहेको हुन्छ ।
वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाण्डौ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो ।
News Desk 0 response बुधबार, जेष्ठ ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३ -
काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीका घार..
बुधबार, जेष्ठ ६, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



