

-
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले नटआउट ७४, ईशान पाण्डेले ५५ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो । तेस्रो विकेटका लागि रोहित र ईशानले १०४ रनको साझेदारी गरे । स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए ।
यो जीतसँगै नेपाल लिग–२ तालिकामा २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै स्कटल्यान्ड ३१ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।
कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।
आजको खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् ।
News Desk 0 response सोमवार, जेष्ठ ४, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


