

-
काठमाडौं : सरकारले आउँदो १० वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३’ अनुसार आर्थिक वर्ष २०९२र०९३ सम्म एलपी ग्यासको अनुदान पूर्णरूपमा हटाइनेछ । स्वच्छ ऊर्जाको उपयोग बढाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब ६५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । एक वर्षमा झन्डै ६२ अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ । रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ ।
विद्युतीय चुलोको प्रयोग बढाउनका साथै सरकारले विद्युतीय गाडीको प्रयोगमा पनि जोड दिँदैछ । आर्थिक वर्ष २०८५र०८६ सम्म देशभर निश्चित दूरीमा चार्जिङ स्टेशनको सञ्जाल विस्तार गरिनेछ । प्रमुख शहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक बिजुली खपत बढाइने रणनीतिमा उल्लेख छ ।
कृषि क्षेत्रमा पनि विद्युत् महसुलमा छुट दिएर शतप्रतिशत विद्युतीय सिँचाइ पम्पमा रूपान्तरण गर्ने योजना रहेको छ । अहिलेसम्म देशको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार २९६ मेगावाट पुगिसकेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



