

-
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको हो ।
भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरुवात गरिएको मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ ।
नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् ।
News Desk 0 response आइतवार, बैशाख २७, २०८३

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



