

-
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालको यो १४औँ हार हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल पराजित भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । ओमानका नदीम खानले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । ओमानका कप्तान जतिन्दर सिंहले शतक बनाए । जतिन्दर ९६ बलमा १३० रन आउट भए । नेपालका सोमपाल कामीले ४ विकेट लिए ।
घरेलु मैदानमा भइरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा गएको शनिवार नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ३७ रनले हराएको थियो । यस्तै अस्ति सोमवार भएको खेलमा यूएईले ओमानलाई २५ रनले हराएको थियो । अहिले खेलिरहेका ३ वटै टोलीले २–२ खेल खेल्नेछन् ।
८ वटा देश सहभागी लिग–टुमा नेपाल २२ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । यस्तै ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो र यूएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ ।
News Desk 0 response बुधबार, बैशाख १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



