

-
काठमाडौं : काठमाडौंमा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा सुरू गरिएको छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने गरी बस सेवाको सुरुवात भएको हो । हिजो बेलुका ललितपुरको पुल्चोकमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोल, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले समन्वय र सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसहित सेवा प्रारम्भ गरेका हुन् ।
७ वटा बस सञ्चालनमा आएका छन् । यात्रुको सुरक्षाका लागि काठमाडौं महानगरले हरेक बसमा एक जना नगर प्रहरी खटाएको छ । कार्यवाहक मेयर डङ्गोलले रात्रिकालीन सेवालाई दिगो बनाउने प्रतिवद्धता जनाए। साझा यातायातसँगको सहकार्यमा शुरवात भएको सेवा असार मसान्तसम्मको लागत साझा यातायातले नै व्यहार्ने साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले बताए ।
रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्वअभ्यासमा बुढानिलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलङ्की चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । बस हरेक रुटका शुरु र अन्तिम बिन्दुबाट गुड्नेछन्, अर्थात् दक्षिण रुटमा चल्ने एउटा ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ ।
अर्को बस बुढानीलकण्ठबाट गङ्गालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्ने छ । यसरी तीन वटा बिन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइपुग्नेछ । यसैगरी पूर्वपश्चिम रुटको दूरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलका लागि छुट्नेछ ।
अर्को बस विमानस्थलबाट तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थलतर्फ छुट्नेछ । यसरी चार वटा विन्दुबाट चार वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



