

-
काठमाडौं : सरकारले हप्तामा दुई दिन बिदा दिएपछि त्यसको सबैभन्दा ठूलो असर विद्यालय शिक्षामा पर्ने अभिभावक तथा नीजि विद्यालय सञ्चालकहरुले बताएका छन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरू गर्न भनेको छ ।
एकातिर दुई दिन बिदा र सँगै नयाँ शैक्षिक सत्र समेत अघिल्लो वर्षको भन्दा पछाडि सारिएपछि शिक्षामा समस्या आउने चिन्ता बढेको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले त निर्णय नै गरेर वैशाख २ गतेदेखि नै भर्ना शुरू गरेर साविककै समयमा पढाई सुरू गर्ने बताएको छ ।
यस्तै विद्यालयसहित सबै कार्यालय हप्तामा ६ दिन खुल्ला गर्ने गाउँपालिकाको निर्णय छ । प्रधानअध्यापक सङ्घका अध्यक्ष सुदनप्रसाद गौतम दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने बताउँछन् । उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले २ सय २० दिनको पाठ्क्रयम बनाएको छ । अब ५२ दिन थप बिदा हुँदा त्यो पूरा गर्न सकिँदैन ।
विकसित देशहरुमा हप्तामा तीन चार दिन पढाएका उदाहरण पनि छन् । तर हाम्रोमा त्यो हैसियतको शिक्षक तयार भइनसकेको विज्ञहरु बताउँछन् । पेट्रोलियम पदार्थको सङ्कट भएको बेला विशेष व्यवस्था गरे पनि अहिले नै हाम्रो शिक्षा प्रणाली हप्तामा पाँच दिन पढाउने गरी तयार नभइनसकेको उनीहरुको भनाइ छ ।
News Desk 0 response शनिबार, चैत्र २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



