

-
काठमाडौं : चुलिँदो इन्धन संकट र नेपाल आयल निगमको चर्किएको घाटालाई कम गर्न सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा भारी कटौती गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने विशेष घोषणा गरेको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, सरकारको यो निर्णयपछि इन्धनमा लाग्ने करको दरमा उल्लेख्य परिवर्तन हुनेछ। हाल निगमले पूर्वाधार विकास करबापत प्रतिलिटर १० रुपैयाँ संकलन गर्दै आएकोमा अब ५ रुपैयाँ मात्र लाग्नेछ।
त्यसैगरी, भन्सार महसुलतर्फ पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ लाग्दै आएकोमा अब साढे १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ लाग्दै आएकोमा अब ६ रुपैयाँ मात्र लाग्नेछ।
सरकारले करमा ५० प्रतिशत छुट दिए पनि सर्वसाधारण लगानीकर्ता र उपभोक्ताले भने यसको प्रत्यक्ष लाभ पाउने छैनन्। अर्थात्, बजारमा इन्धनको साविकको मूल्यमा कुनै परिवर्तन हुने छैन। निगमका अनुसार हाल आयल निगमलाई डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३५ रुपैयाँ घाटा रहेको छ। सरकारले करमा दिएको छुटलाई निगमले आफ्नो यही घाटा पूर्ति गर्न उपयोग गर्ने भएकाले मूल्य समायोजन नगर्ने आशय व्यक्त गरेको हो। यस निर्णयबाट निगमलाई आर्थिक रूपमा केही राहत मिल्ने भए पनि उपभोक्ताले भने महँगो मूल्य नै तिरिरहनुपर्नेछ।
मन्त्रिपरिषद् बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले देशको आर्थिक अवस्था र इन्धन संकटबारे गम्भीर तथ्यांक प्रस्तुत गरेकी छिन्। मन्त्री रावलका अनुसार पछिल्लो १५ दिनमा मात्रै नेपाल सरकारलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको छ। इन्धन खपत घटाउन सरकारले अब विशेष नीतिहरू अघि सार्ने भएको छ। जसमास्
सरकारको यो कदमले चरम आर्थिक दबाबमा रहेको आयल निगमलाई केही हदसम्म सास फेर्ने ठाउँ दिए पनि सर्वसाधारणका लागि भने ‘राहत’ केवल कागजमा मात्र सीमित हुने छ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


