

-
भारतको रक्षा निर्यात गएको आर्थिक वर्षमा ४ अर्बभन्दा धेरै डलरको नयाँ उचाइमा पुगेको छ । रक्षा मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । यसले भारतलाई दक्षिण एशियामा प्रमुख हतियार उत्पादक र निर्यातकका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको देखाउने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले भारत विश्वव्यापी रक्षा उत्पादन केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । आर्थिक वर्ष २०२५र२६ मा रक्षा निर्यात ३ खर्ब ८४ अर्ब २४ करोड भारतीय रुपैयाँ अर्थात् ४ अर्ब १५ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ ।
सरकारी कम्पनीहरूले निर्यातको झन्डै ५५ प्रतिशत उत्पादन गरेका थिए भने बाँकी निजी कम्पनीहरूले योगदान पु¥याएका थिए । भारतले १०० भन्दा धेरै देशमा रक्षा उपकरण निर्यात गर्दै आएको छ । अमेरिका, फ्रान्स र आर्मेनिया शीर्ष ग्राहकहरू हुन् । निर्यातमा ढुवानी मिसाइल, डुङ्गा, तोपखाना, राडार प्रणाली, रकेट लन्चर र इलेक्ट्रोनिक कम्पोनेन्टहरू समावेश छन् ।
यद्यपि भारत अझै मुख्य रूपमा हतियारको ठूलो उपभोक्ता हो र विश्वव्यापी रूपमा निर्यातमा पनि अगाडि बढिरहेको छ । यस वर्षको शुरूमा भारतले रक्षा क्षेत्रमा ८५ अर्ब डलर वृद्धिको योजना घोषणा गरेको थियो । पछिल्लो समय पाकिस्तानसँगको चार दिने द्वन्द्वपछि भारले रक्षा खर्चमा वृद्धि गरेको थियो ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटकाअनुसार भारतको हतियार खरिद विश्वव्यापी आयातको झन्डै ८ प्रतिशतमा सीमित छ तर निर्यातको बढ्दो प्रवृत्तिले देशको आत्मनिर्भर रक्षा इकोसिस्टम र विश्वव्यापी विश्वास दुवैलाई मजबुत बनाएको देखाउँछ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


