

-
गएको फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएदेखि मध्यपूर्व क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको छ ।
मध्यपूर्व युद्धमा अहिलेसम्म ४ हजार ५०० भन्दा धेरैको ज्यान गएको अमेरिकामा रहेको ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए) को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मध्यपूर्व युद्धमा सबैभन्दा धेरै ज्यान गुमाउने इरानका छन् । इरानमा २३६ बालबालिका, १ हजार ५४७ सर्वसाधारण गरी ३ हजार ४९२ जनाको ज्यान गएको छ ।
इजरायलको एम्बुलेन्स सेवा ‘म्यागेन डेभिड एडोम’ (एमडीए) का अनुसार युद्ध शुरू भएदेखि मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको छ । यस्तै लेबनानमा ९ जना इजरायली सैनिक मारिएका छन् । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार १२४ बालबालिकासहित १ हजार २४७ जनाको ज्यान गएको छ ।
खाडी देशहरूमा कम्तीमा २४ जनाको ज्यान गएको छ जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदारहरू छन् । अहिलेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा ११ जना, कुवेतमा ७ तथा ओमान, साउदी अरेबिया र बहराइनमा २÷२ जनाको ज्यान गएको छ ।
मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भीडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
दक्षिणी लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहसँग चलिरहेको सङ्घर्षका क्रममा आफ्ना चार जना सैनिकको ज्यान गएको इजरायलले जनाएको छ ।
युद्धको दायरा इराकसम्म फैलिएको सङ्केत देखिएको छ । पपुलार मोबिलाइजेसन फोर्सेज (पीएमएफ) ले अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणबाट आफ्ना दुई सैन्य अड्डा लक्षित भएको दाबी गरेको छ ।
यसै क्रममा दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमा आगलागी भएको छ । कुवेतको सरकारी तेल कम्पनीका अनुसार यो ट्याङ्करमाथि इरानबाट प्रत्यक्ष आक्रमण भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) ले लेबनानको दक्षिणी क्षेत्रमा भएको विस्फोटमा दुई जना शान्ति सैनिक मारिएका पुष्टि गरेको छ ।
यस्तै ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना इरानको संसदीय आयोगले अनुमोदन गरेको छ । ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ युद्धका कारण प्रभावित भएको छ ।
जी–७ राष्ट्रहरूले ऊर्जा बजार स्थिर राख्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन् । उनले इरानका तेल पूर्वाधार तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गर्न सकिने स्केत गर्दै दबाव बढाउन खोजेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



