

-
काठमाडौं : हिजो बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाण्डौ जिल्ला अदालत लगिँदैछ । दुवै नेतालाई हिजो प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । तर हिजो शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन ।
आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ । गएको भदौ २३ र २४ गते भएको नवयुवाबाट गरिएको आन्दोलन र क्षतिबारे घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । हिजै ओली र लेखकको स्वास्थ्य परीक्षण गरिएको थियो । ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । पूर्वगृहमन्त्री लेखकलाई दुई नम्बर गणमा राखिएको छ ।
एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ ।
एमालेले हिजो देशभर विरोध प्रदर्शन गरेको थियो । आज पनि विरोधका विभिन्न कार्यक्रम तय गरेको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग समन्वय गरेर थप कार्यक्रम अघि बढाइने उल्लेख छ ।
एमाले अध्यक्ष ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री लेखकको पक्राउविरुद्ध कांग्रेसका दुई वटा पक्षका फरक(फरक विज्ञप्ति आएका छन् । शेरबहादुर देउवा पक्षले प्रतिशोध साँध्न पूर्वाग्रही ढंगले ओली र लेखकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । तर, विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थापा पक्षधरले भने ओली र लेखकको नाम उच्चारण नगरी उत्तेजना र आवेगमा काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले सरकारले चाल्ने कदमहरू न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रुप लिन नहुनेमा सचेत गराएको छ ।
News Desk 0 response आइतवार, चैत्र १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



