

-
काठमाडौं : नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउनेलगायतका निर्णय गरेको जानकारी दिए ।
साथै अन्य दलसँग पनि संवाद र सहकार्य गर्ने उनले बताए ।
यसैबीच पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको विरोधमा नेतारकार्यकर्ताले बिहान काठमाडौंको चाबहिल चोकमा विरोध प्रदर्शन गरेका छन् ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो । लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् । परामर्शपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।
News Desk 0 response शनिबार, चैत्र १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



