

-
इजरायलले इरानी नौसेना प्रमुख मारिएका दाबी गरेको छ । इजरायलले ‘स्ट्रेट अफ हर्मुज’ मा नाकाबन्दीको निरीक्षण गरिरहेका इरानी नौसेना प्रमुख अलिरेजा ताङ्सिरी मारिएका दाबी गरेको बीबीसीले जनाएको छ । यस विषयमा इरानले कुनै टिप्पणी गरेको छैन ।
यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा मिसाइल आक्रमण रोकिएपछि खसेको भग्नावशेषका कारण दुई जनाएको मृत्यु भएको छ ।
मध्यपूर्वमा चलिरहेको द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहलहरू अस्पष्ट र विरोधाभासी देखिएका छन् ।
इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ । इजरायली सेनाले आज इरानका विभिन्न ठाउँ–विशेषतः इस्फहानजस्ता केन्द्रीय शहरहरूमा आक्रमणको लहर चलाएको जनाएको छ । यसको जवाफमा इरानले प्रक्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो ।
युद्धको असर विश्व अर्थतन्त्रमा समेत देखिएको छ । तेलको मूल्यमा वृद्धि भएको छ भने शेयर बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल १०३ दशमलव २५ अमेरिकी डलर पुगेको छ । एशियाली बजारमा उतारचढाव देखिँदा लगानीकर्ताहरू सम्भावित कूटनीतिक समाधानको प्रतीक्षामा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको आरोप लगाए । उनकाअनुसार इरानी वार्ताकारहरू आफ्नै पक्षबाट जोखिममा पर्न सक्ने डरले खुलेर कुरा गर्न सकिरहेका छैनन् । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले स्पष्ट रूपमा वार्ता अस्वीकार गर्दै वर्तमान नीति ‘प्रतिरोध’ मा आधारित रहेको बताएका छन् । उनले वार्ता गर्नु भनेको हार स्वीकार्नु सरह हुने धारणा राखेका छन्।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



