

-
काठमाडौं : भोलिदेखि मौसमी गतिविधि थप सक्रिय बन्ने देखिएको छ । भोलि पहाडी तथा हिमाली सबै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महशाखाले आग्रह गरेको छ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका १र२ ठाउँमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
भोलि राति हिमाली भू-भागमा बादल तथा पहाडी र तराई भू-भागमा साधारण बदली हुनेछ । यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै तथा तराई भूभागको १/२ ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका धेरै ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा तथा अरु हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नयाँ मौसमी प्रणालीको प्रभावका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



