

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी गराएका हुन्।
उनले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गरेका छन् । वितेका दुई दिनदेखि चलिरहेको छलफलपछि ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध र तनावको पूर्ण समाधानका लागि धेरै राम्रो कुराकानी भएको बताएका हुन् ।
ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि लिइएको बताएका छन् । इरान र अमेरिकाबीचको यो पछिल्लो संवादले मध्यपूर्वमा वर्षौंदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विशेष सम्बोधन गर्दै मध्यपूर्वको तनाव तत्काल अन्त्य गर्न र संवाद–कूटनीतिबाट समाधान खोज्न आह्वान गर्नुभएको छ । नागरिक बस्ती तथा पावर प्लान्टमाथिको आक्रमण र स्ट्रेट अफ होर्मुजमा अवरोध अस्वीकार्य रहेको उनको भनाइ छ ।
ऊर्जा सुरक्षाका लागि पेट्रोलियम आयात स्रोत २७ देशबाट बढाएर ४१ देश पुर्याइएको र रणनीतिक भण्डार ६५ लाख मेट्रिक टन पुर्याउने काम भइरहेको उनले जानकारी दिए । युद्धग्रस्त क्षेत्रबाट ३ लाख ७५ हजार भारतीय स्वदेश फर्किसकेका छन् । मध्यपूर्वमा तनाव सुरू भएपछि मोदीले पहिलोपल्ट सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
News Desk 0 response सोमवार, चैत्र ९, २०८२

सम्बन्धित शीर्षकहरु
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग
बुधबार, चैत्र ११, २०८२-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२



