

-
अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसले इरान वार्ताको योजना अझै अस्पष्ट रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी संसद्का सभामुखले मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्य गर्न दुई पक्षबीच वार्ता भएको विषयमा परस्पर बाझिने टिप्पणी गरेपछि ह्वाइट हाउसको यो समाचार सार्वजनिक भएको हो ।
यसअघि ट्रम्पले दुई देशबीच शत्रुता पूर्णतः समाधान गर्न मध्यपूर्वमा कुराकानी भइरहेको बताएका थिए । ट्रम्पले इरानसँग फलदायी छलफल भएको भन्दै इरानी ऊर्जा पूर्वाधारमाथि हुन सक्ने आक्रमण पाँच दिनका निम्ति स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जनाएका थिए ।
तर इरानी संसद्का सभामुख मुहम्मद–बागेर गलिबाफले यो दाबीको खण्डन गर्दै त्यसलाई भ्रामक समाचारको सङ्ज्ञा दिएका थिए ।
यसैबीच इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूमार्फत अमेरिकाबाट वार्ताका लागि केही मुद्दाहरू प्राप्त गरेको र तिनीहरूको समीक्षा भइरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई भनेका छन् ।
अमेरिकी राष्ट्रपतिले इरानमाथि आक्रमण स्थगित गर्दै चाँडै शान्ति सम्झौता हुन सक्ने बताएपछि हिजो विश्व बजारमा कच्चा तेलको मूल्य घटेको थियो । तर पछि ब्रेन्ट क्रूड तेलको मूल्य बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।
आज बिहान एशियामा ब्रेन्ट क्रुडको मूल्य ३ दशमलव ७५ प्रतिशतले बढेर १०३ दशमलव ६९ अमेरिकी डलर पुगेको थियो ।
मध्यपूर्वमा अहिले पनि तनाव चलिरहेको छ । इरान र इजरायलले एकअर्काविरुद्ध आक्रमण गरिरहेका खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



