

-
काठमाडौं : आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ ।
यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ ।
यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।
घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यस्तै आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको पाटनको एकल घोडेजात्राका क्रममा एक जना गुठियार घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्छन् ।
गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि पाटनको घोडेजात्रा सकिन्छ । स्थानीयबासिन्दाले सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै पाटनको घोडेजात्रा शुरूआत गरेको मानिन्छ ।
यसैबीच काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव गरिँदैछ । नगरपालिकाको आयोजनामा आज तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव गर्न लागिएको हो ।
नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ घोडेजात्रा महोत्सव आयोजना गरिएको हो । आज टुँडिखेलमा हुने घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि तारकेश्वरको महोत्सव फलदायी हुने उहाँको विश्वास छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



