• इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका दाबी गरेका हुन्।

    गएरातिको इजरायली सेनाको आक्रमणका क्रममा इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका रक्षामन्त्री काट्जले दाबी गरेका बीबीसीले जनाएको छ ।

    यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध १७औँ दिनमा प्रवेश गरेको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अवरोध गर्दा विश्वको २० प्रतिशतभन्दा धेरै तेल तथा प्राकृतिक ग्यास मध्यपूर्वबाट बाहिरिन पाएको छैन । युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ ।

    मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ । राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ ।