

-
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिको गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले हिजो ग्यास सिलिन्डर फेला पारेको हो ।
विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ । ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ ।
मध्यपूर्वमा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई सूचना दिन आग्रह गरेको हो ।
नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायमै छ । विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



