

-
काठमाडौं : सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ हिजो राजपत्रमा प्रकाशित भएको हो ।
यो नीतिमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र ऊर्जा क्षेत्रमा आयात निर्भरता घटाउने सरकारको लक्ष्य रहेको छ । आदेशअनुसार नेपाल आयल निगमले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ ।
इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड र सिमल तरुल जस्ता कच्चापदार्थ प्रयोग गर्न पाइनेछ । तर खाद्यान्नको दुरुपयोग रोक्न खानयोग्य अन्न भने इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
उद्योगहरूले उत्पादन गरेको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ र गुणस्तर मापदण्ड पनि कडाइका साथ पालना गर्नुपर्नेछ । इथानोलको मूल्य निर्धारण हरेक आर्थिक वर्ष शुरू हुनुअघि सरकारी सिफारिस समितिको सुझावमा हुने र हरेक वर्ष साउन १ गतेदेखि लागू हुनेछ ।
यो नीतिको कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढ्ने, नयाँ उद्योग स्थापना हुने र ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा छ ।
News Desk 0 response शनिबार, फाल्गुन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



