

-
काठमाडौं : विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।
यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।
होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।
अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।
पछिल्लो ७२ घण्टामा होर्मुज स्ट्रेटको समुद्री बाटो हुँदै २ वटा अन्तर्राष्ट्रिय ट्यांकर मात्र पार हुन सकेका छन् । थप आक्रमणको त्रासका कारण ठुला सिपिङ कम्पनीहरूले होर्मुज स्ट्रेटको बाटो प्रयोग गर्न छाडेका हुन् ।
सीमित मात्र जहाज चलिरहेको र ती पनि आक्रमणको निशानामा परेपछि आपूर्ति थप प्रभावित भएको छ । गुजरात आउँदै गरेको जहाजमा आक्रमण भएपछि भारत सरकारले निन्दा गरेको छ ।
होर्मुज स्ट्रेटको विकल्पमा भारतीय बन्दरगाहका लागि आउने जहाजहरू अफ्रिकाको बाटो हुँदै घुमेर आउनुपर्ने र यो वैकल्पिक मार्ग प्रयोग गर्दा भारत यात्रा करिब २ हप्ता बढी समय लाग्ने बताइन्छ । यसले ढुवानी र बीमा शुल्क बढी लाग्ने भएकाले भारत आयात हुने सामानको मूल्य पनि बढ्ने छ ।
मध्यपूर्वको तनावका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर तेलको मूल्य बढेको छ । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेकाले भारतमा पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी वृद्धि हुने संकेत देखिएको छ ।
मध्यपूर्वको तनावका कारण विश्वभर देखिएको इन्धन आपूर्तिको अभाव कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आईईए० ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल विश्व बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



