

-
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो ।
नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही सुरक्षात्मक प्रबन्ध गर्न जरुरी रहेको निगमले स्पष्ट पारेको छ । अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिइ ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिण्डरको बजारीकरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए तापनि मध्यपूर्वमा देखिएको समस्याका कारण विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक परिणाममा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध छ ।” रासस
News Desk 0 response बुधबार, फाल्गुन २७, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


