

-
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध फैलिएको छ । इजरायल र अमेरिकाले ९ दिनदेखि इरानमा लगातार आक्रमण गरिरहेका छन् । इरानले पनि इजरायलसहित साउदी अरेबिया, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) लगायत देशमा रहेका अमेरिकी सैन्य क्याम्प लक्षित आक्रमण गरिरहेको छ ।
इरानी सर्वोच्च नेताको हत्यापछि युद्ध चाँडै रोकिने अनुमान भए पनि लम्बिन सक्ने जोखिम बढ्दै गएको छ ।
अमेरिकी राष्ट्रिय गुप्तचर परिषद् ९एनआईसी० ले तयार गरेको आन्तरिक प्रतिवेदनमा इरानमाथि ठूलो आक्रमण गरे पनि त्यहाँको सरकार ढल्ने सम्भावना कम रहेको उल्लेख छ । द वाशिङ्गटन पोस्टले यस प्रतिवेदनका स्रोतलाई उद्धृत गर्दै ३ देखि ४ हप्तासम्म युद्ध समाप्त हुने ट्रम्प प्रशासनको दाबीमा शङ्का उत्पन्न गरेको जनाएको छ ।
सीएनएनमा प्रकाशित एउटा समाचारमा रुसले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्वीरमार्फत प्राप्त हुने धेरैजसो जानकारी इरानलाई दिएको उल्लेख छ । पछिल्ला दिनमा इरानी ड्रोनहरूले अमेरिकी सेना तैनाथ भएका ठाउँमा आक्रमण गरिरहेका छन् । इरानलाई चीनले पनि मिसाइल प्रदान गर्ने तयारी गरेको दाबी पनि अमेरिकी गुप्तचरले गरेका छन् ।
यसैबीच इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो सैन्य क्षमताले कम्तीमा ६ महिनासम्म तीव्र लडाइँ धान्न सक्ने दाबी गरेको छ । सरकार ढालेरै छाड्ने ट्रम्पको अडान, सरकार ढाल्न कठिन रहेको अनुमान तथा ६ महिनाको तीव्र युद्ध धान्ने इरानको दाबी यी सबै कारणले युद्ध लम्बिँदै फैलनेसम्मको जोखिम देखिन्छ ।
News Desk 0 response आइतवार, फाल्गुन २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



