

-
काठमाडौं : गएको बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये १५८ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ वटामा गणना चलिरहेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन ।
अन्तिम परिणाम घोषणा भएका १५८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२२ सिट जितेको छ । अहिले गणना भइरहेका क्षेत्रमध्ये रास्वपा ३ सिटमा अघि छ ।
अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ । गणना भइरहेकामा कांग्रेसको कतै पनि अग्रता छैन ।
यस्तै यसअघिको दोस्रो ठूलो दल नेकपा (एमाले) ले यस पटक प्रत्यक्षतर्फ ७ सिट जितेको छ । गणना भइरहेकामा एमाले ३ सिटमा अघि छ ।
यसअघिको तेस्रो दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायत थुप्रै दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटक प्रत्यक्षमा ७ सिट जितेको छ । गणना भइरहेकामा नेकपाको कतै पनि अग्रता छैन ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस पटक जुम्लामा मात्रै जितेको छ । गणना भइरहेकामा राप्रपाको कतै पनि अग्रता छैन ।
४ महिनाअघि खुलेको श्रम संस्कृति पार्टीले यस पटक ३ सिट जितेको छ । गणना भइरहेकामा श्रम संस्कृतिको कतै पनि अग्रता छैन ।
यस्तै म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित्नुभएको छ ।
यसैबीच समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्म ४७ लाख ८९ हजारभन्दा धेरै समानुपातिक मतगणना भएको जनाएको छ ।
अहिलेसम्म रास्वपाले झन्डै आधा मत प्राप्त गरेको देखिएको छ । अहिलेसम्म गनिएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार, कांग्रेसले ७ लाख ९९ हजार, एमालेले ६ लाख ८२ हजार, राप्रपाले १ लाख ७४ हजार मत ल्याएका छन् ।
समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ । प्रत्यक्ष मतदानमा कम्तीमा १ सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ । ३ सिट जितेको श्रम संस्कृति पार्टीको अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत पुगेको देखिएको छैन ।
News Desk 0 response आइतवार, फाल्गुन २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



