• काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावको मतगणना चलिरहँदा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले मतान्तर बढाउँदै लगेका छन् ।

    पछिल्लो गणनामा बालेनले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजार ६४३ मतले पछाडि पारेका छन् । अहिलेसम्म बालेनले १३ हजार ६५४ र ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् ।

    यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ५१७ र नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेका छन् ।